काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ११ जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६ राजनैतिक दल र पाँच स्वतन्त्र उम्मेदवारले महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन्।
उपप्रमुखमा तीन जनाको उम्मेदवारी परेको छ। कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार आज नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेलिनबादी)बाट सूर्यप्रसाद रेग्मी, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ,मङ्गोल नेशनल अर्गनाइजेसनबाट टेकबहादुर पुनमगर, मौलिक जिरोकिलो पार्टीबाट विनोदकुमार गिरी र उन्नत लोकतन्त्र पार्टीबाट दीपेन्द्र बास्तोलाले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै स्वतन्त्रतर्फ रामकृष्ण ओझा, हरिश्चन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल र रुद्रप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माक्सबादी लेलिनबादी)बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर र मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीबाट शुष्मा तमाङ्ले उम्मेदवारी दर्ता गरेका छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation