९ कार्तिक २०८३, आइतबार

आइपिएलमा दिल्लीले कोलकातालाई हरायो

  • १६ वैशाख २०७९, शुक्रबार
Image

काठमाडौँ । कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग(आइपिएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ ।

बिहीबार राति कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।  दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ४२ रन जोडे । रोभम्यान पावेलले ३३ रनको योगदान गरे । कोलकाताका उमेश यादवले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । कोलकाताका नितिश रानाले सर्वाधिक ५७ रन बनाए । कप्तान श्रेयस एयरले ४२ रनको योगदान गरे ।

दिल्लीका कुलदीप यादवले ४  र मुस्ताफिजुर रहमानले ३ विकेट लिए । जितसँगै दिल्ली ८ खेलमा ८ अङ्क जोडेर  छैटौँ स्थानमा  छ । कोलकाता ९ खेलमा ६ अङ्क जोडेर आठौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर