८ कार्तिक २०८३, शनिबार

काठमाडौं महानगरको मतगणना अपडेट : बालेन ८३ मतले अगाडि

  • १ जेठ २०७९, आइतबार
Image

काठमाडौं- काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्।महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको साढे ६ बजेसम्मको विवरण अनुसार बालेन शाहले ४०२, कांग्रेसकी सिर्जना सिंहले २०२, एमालेका केशव स्थापित ३१९ पाएका छन्।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ५३ भोट ल्याएका छन् भने विवेकशील साझाकी समीक्षा बाँस्कोटाले १३ मत ल्याएकी छन्। 

उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ५२०मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० पाएका छन् । बिहान साढे ९ गतेदेखि सुरु भएको मतगणनाको गति एकदमै सुस्त रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर