काठमाडौं- नेपाली कांग्रेसको देशभरका २६५ स्थानीय तहको प्रमुखमा अग्रता कायम गरेको छ। देशभरको प्राप्त मतपरिणाम अनुसार कांग्रेस नेकपा एमालेभन्दा करिब १०० पालिकामा अगाडि रहेको छ।
नेकपा एमालेले देशभरका १६७ पालिकामा अग्रता बनाएको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले १०५ र एकीकृत समाजवादीले १३, जनता समाजवादीले २४, लोकतान्त्रिक समाजवादीले ६ र अन्यको १९ स्थानीय तहमा अग्रता रहेको छ।
वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम चलिरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation