९ कार्तिक २०८३, आइतबार

धनुषाको धनौजीमा झडप, २५ राउण्ड हवाइ फायर

  • २ जेठ २०७९, सोमबार
Image

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा झडप भएको छ ।

झडप बढ्दै जाँदा मतगणना स्थलमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको छ ।

झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

अहिले मतगणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर