भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले अग्रता बढाएको छ।
सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमालेका विजय सुवेदीले ३९४४ मत पाएका छन् भने सत्ता गठबन्धनकी रेनु दाहालले ३८९४ मत पाएर पछ्याइरहेकी छन्।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १५७२ मत पाएका छन्।
महानगरपालिकाको वडा नम्बर ३ मा नेकपा एमालेका विकास थापा विजयी भएका छन्। उनले सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार भरत लामिछानेलाई हराए। थापाले १६६६ मत पाउँदा लामिछानेले १०४९ मत ल्याए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation