९ कार्तिक २०८३, आइतबार

बुद्धकाे जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ : मोदी

  • ३ जेठ २०७९, मङ्गलबार
Image

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन्। लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल प्राचीन सभ्यताको प्रतीक रहेको भन्दै यहाँ आउँदा आफू अत्यन्तै खुसी हुने बताए। नेपालीमा बोल्दै मोदीले भने, ‘मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ।’

उनले बुद्ध बोध र शोध दुवै भएको बताए। बुद्ध विचार र सभ्यता भएको बताए। ‘उहाँले हामीलाई यो अनुभूति गराए, प्राप्तिभन्दा पनि बढी महत्व त्यागको हुन्छ । त्याग गरेरै राजपरिवार छोडेर वनबास गए,’ प्रधानमन्त्री मोदीले भने।

बुद्ध वैशाख पूर्णिमाको दिन लुम्बिनीमा जन्मिएको भन्दै उनले भने, ‘वैशाख पूर्णिका दिन लुम्बिनीमा बुद्धको जन्म भएको थियो। यही दिन बोधगयामा ज्ञान प्राप्त गर्नुभयो। यही दिन कुसीनगरमा महापरिनिर्वाण भयो। यही वैशाख पूर्णिमाका दिन भगवान बुद्धको जीवन रह्यो।’

 

प्रतिक्रिया

सम्बन्धित खवर