९ कार्तिक २०८३, आइतबार

एमालेको किल्ला भत्काउँदै गुल्मीको मदानेमा कांग्रेस विजयी

  • २ जेठ २०७९, सोमबार
Image

गुल्मी । एमालेको गढ मानिने गुल्मीको मदाने गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । नेकपा एमाले सचिव गोकर्ण विष्टको निर्वाचन क्षेत्र मदानेमा एमालेको किल्ला भत्काउँदै नेपाली कांग्रेसका महेन्द्रबहादुर कुवँर गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

कुँवरले ४७ सय ७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका प्रेमबहादुर केसीले ४६ सय ९७ मत पाएका छन् । यो गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी सरिता खड्का विजयी भएकी छिन्।

खड्काले ४५ सय ६७ मत ल्याएर उपाध्यक्षमा विजयी हुँदा माओवादीका बेगमबहादुर चन्द बोहोराले ४२ सय ११ मत पाएका छन् ।

यो गाउँपालिकाको ७ वटामध्ये ५ वटा वडामा कांग्रेसले जितेको छ । वडा नम्बर २ र ५ नम्बरमा भने एमालेले जितेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर