८ कार्तिक २०८३, शनिबार

पत्रकारिता छाडेर राजनीतिमा लागे, २२ वर्षमै जिते वडाध्यक्ष

  • ३ जेठ २०७९, मङ्गलबार
Image

काठमाडौँ । बैतडीमा २२ वर्षीय युवक वडाध्यक्ष पदमा विजयी भएका छन्। 

काठमाडौंमा पत्रकारिता गर्दै आएका ​तपेन्द्र विष्ट मेलौली नगरपालिका–८ मा वडाध्यक्षमा विजयी भएका हुन्। नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका तपेन्द्रले नेपाली कांग्रेसका शम्भु विष्टलाई ८० मतले हराएका हुन्।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा खसेको ७८९ मतमध्ये उनले ३३८ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी विष्टले २५८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जारी मतगणनाको सार्वजनिक मत परिणामअनुसार तपेन्द्र अहिलेसम्मकै देशकै कान्छो वडाध्यक्ष हुन्। 

उता बझाङको बुङ्गल नगरपालिका– ९ मा २३ वर्षीय हरिश सिंह पनि वडाध्यक्षमा विजयी भएका छन्। कांग्रेसले वडाध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा उतारेका सिंहले ६८४ गरेका छन्। 

यता काभ्रेको भुम्लु गाउँपालिका– २ मा २४ वर्षीय सुजन भण्डारी पनि वडाध्यक्षमा चुनिएका छन्। कांग्रेस उम्मेदवार भण्डारीले ४०५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कृष्ण कार्कीले ३०२ मत पाएका छन्। 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २२ वर्गाीय मनोजसिंह भण्डारी वडा सदस्यमा विजयी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर