काठमाडौं- नेकपा माओवादी केन्द्रले उपमहानगरपालिकामा पहिलो जीत निकालेको छ। बाराको जीतपुर सिमरा उपमहानगरमा नेकपा एमालेका उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका हुन्।
उनले १८ हजार ७ सय ४३ मत ल्याए। एमालेकी सरस्वतीदेवी चौधरीले १७ हजार ७ सय ७९ मत ल्याइन्।
पौडेल २०७४ मा प्रमुख पदमै पराजित भएका थिए। त्यसबेला माओवादी केन्द्रले १० वडा जितेको थियो।
यस्तै उपप्रमुखमा भने एमालेका भोला प्रसाद अधिकारी निर्वाचित भएका छन्। अधिकारीले गठबन्धनकी साझा उम्मेदवार मेघा शाहीलाई पराजित गरेका हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation