८ कार्तिक २०८३, शनिबार

पोखरामा धनराजको मतान्तर २५ सय नजिक, उपमेयरमा एमाले ९ मतले अघि

  • ५ जेठ २०७९, बिहिबार
Image

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेको छ । पोखरामा हालसम्म ५२ हजार ८१७ मत गणना भइसक्दा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजार ४९५ मतान्तर बनाएका छन् ।

उनले हालसम्म २१ हजार ८८० मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्ण थापाले १९ हजार ३८८ मत पाएका छन् । मेयरकै दौडमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले २ हजार १८६ मत पाएका छन् । अटेरी अभियानमार्फत स्वतन्त्र उम्मेदवारी दिएका खडकराज पौडेल ‘गनेस’ले १ हजार १८३ मत ल्याएका छन् ।

महानगरको उपप्रमुखमा भने एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा छ । गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाट र नेकपा एमालेकी मञ्जुदेवी गुरुङबीच थोरै मत अन्तर मात्रै छ ।  रानाभाटलाई एमाले उम्मेदवार गुरुङले केवल ९ मतले मात्रै पछाडि पारेकी छन् । ४५ हजार मत गन्दासम्म उपमेयरमा कांग्रेसले अग्रता लिइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर