काठमाडौं- काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ। काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० को वडाध्यक्षमा नेपाली कांग्रेसले खाता खोलेको छ।
महानगरको ३० नम्बर वडामा कांग्रेसका दलबहादुर कार्की विजयी भएका हुन्। वडामा वडाध्यक्षसहित कांग्रेसको पूरै प्यानल विजयी भएको छ।
कांग्रेसका कार्कीले १ हजार ९७७ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त खड्गीले ९०९ मत प्राप्त गरे।
कांग्रेसबाट विजयी भएका महिला सदस्यमा १ हजार ९२६, दलित सदस्यमा १ हजार ८९५ र सदस्यहरुमा १ हजार ८२९ र १ हजार ७२४ मत ल्याएका छन्।
यसअघि सम्पन्न वडाहरूको मतगणना अनुसार १, २, ३, ४ र ५ नम्बर वडामा एमाले जितेको छ। यही वडाबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation