९ कार्तिक २०८३, आइतबार

जसपालाई २७औं पालिका, सिराहाको बरियारपट्टीमा जित्यो पालिका अध्यक्ष

  • ८ जेठ २०७९, आइतबार
Image

काठमाडौं । सिराहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार सन्तोषकुमार महतो विजयी भएका छन्।

महतोले ३८४४ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका हुन्।  नउका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रप्रसाद यादवलाई ३ सय १० मतान्तरले पराजित गरेका हुन्। पराजित यादवले ३ हजार ५ सय ३४ मत ल्याए।

यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसले बाजी मारेको छ। 

उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार ममता कुमारीले ३ हजार ९ सय ९७ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार सियाकुमारी यादवले ३ हजार ४ सय ८५ मत ल्याएकी छन्। माओवादीका उम्मेदवार तेस्रो भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर