काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउनेक्रम जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म ७०३ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।
जसमध्ये नेपाली कांग्रेसले सर्वाधिक ३११ पालिकामा प्रमुख पद जितेको छ। प्रदेश १ बाट ६४ पालिकामा प्रमुख पद जितेको नेपाली कांग्रेसले मधेश प्रदेशबाट ४४ पालिका जितेको छ।
यस्तै बागमती प्रदेशबाट ५६ पालिका जितेको कांग्रेसले गण्डकीबाट ३५, लुम्बिनीबाट ४४, कर्णालीबाट ३२ र सुदूरपश्चिमबाट ३६ पालिकामा प्रमुख पद जितेको छ।
यस्तै नेकपा एमालेले हालसम्म १९० पालिकामा प्रमुख पद जितेको छ। प्रदेश १ बाट ४२ पालिकामा प्रमुख जितेको एमालेले मधेश प्रदेशमा २३, बागमतीमा २६, गण्डकीमा ३५, लुम्बिनीमा २५, कर्णालीमा १५ र सुदूरपश्चिममा २४ पालिकामा प्रमुख पद जितेको छ।
यस्तै नेकपा माओवादी केन्द्रले हालसम्म १२० पालिका जितेको छ। प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा सर्वाधिक २६, गण्डकीमा ११, लुम्बिनीमा २५, कर्णालीमा २३ र सुदूरपश्चिममा १४ पालिकामा प्रमुख पद जितेको छ।
यस्तै चौथो स्थानमा रहेको जसपाले हालसम्म २७ पालिकामा प्रमुख पद जितेको छ। प्रदेश १ मा दुई पालिका जितेको जसपाले मधेश प्रदेशमा २२ वटा पालिका जितेको छ। लुम्बिनीमा ३ पालिका जितेको जसपा अन्य प्रदेशमा जितविहिन बनेको छ।
यस्तै चौथो ठूलो दल बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले हालसम्म १७ पालिकामा प्रमुख पद जितेको छ।
प्रदेश १ मा दुई पालिका जितेको नेकपा एकीकृत समाजवादीले मधेश प्रदेशमा ११, बागमतीमा ५, कर्णालीमा ४ र सुदूरपश्चिममा २ पालिकामा प्रमुख पद जितेको छ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले हालसम्म १२ पालिकामा प्रमुख पद जितेको छ।
मधेश प्रदेशमा ११ पालिका जितेको तोकतान्त्रिक समाजवादी पार्टीले लुम्बिनीमा १ पालिका जितेको छ।
स्वतन्त्रसहित अन्य दलले २८ पालिकामा प्रमुख पद जितिसकेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation