८ कार्तिक २०८३, शनिबार

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

  • १० जेठ २०७९, मङ्गलबार
Image

सुनसरी- सुनसरीस्थित धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित भएका हुन् ।

राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ मत पाए। धरानमा विभिन्न सामाजिक विषय उठाएर आन्दोलन गर्दै आएका ३९ वर्षका राईले यस पटक लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गरेका थिए । उपमेयरमा भने सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघा विजयी भए।

नेकपा एमालेका पदम इस्बो लिम्बूलाई हराउँदै उनले उपमेयर पद पक्का गरेका हुन्। २० हजार ५१० मत ल्याएर बेघा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमलेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत मात्र पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर