९ कार्तिक २०८३, आइतबार

अमेरिकामा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा २१ जनाको मृत्यु

  • ११ जेठ २०७९, बुधबार
Image

टेक्सास- अमेरिकी राज्य टेक्सासको युभाल्ड सहरमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा २१ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार मंगलबार इलेमेन्टरी स्कुलमा पसेर १८ वर्षीय अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको मृत्यु भएको हो।

टेक्सासको सार्वजनिक सुरक्षा विभागका अधिकारीहरुका अनुसार अन्धाधुन्ध गोली चलाउने ती १८ वर्षीय किशोर पनि घटनामा मारिएका छन्। अन्धाधुन्ध गोली चलाउने ती किशोरको नाम साल्भाडोर रामोस भएको बताइएको छ।

घटनामा ती किशोर एक्लै संलग्न रहेको प्रहरी अधिकारीले बताएका छन्।

दक्षिणी टेक्साको युभाल्डस्थित रब इलेमेन्टरी स्कुलमा पसेर ती किशोरले बालबालिकाहरुमाथि अन्धाधुन्ध राइफल चलाएका थए।

स्कुल गएर बालबालिकाहरुमाथि अन्धाधुन्ध गोली चलाउनुअघि रामोसले घरमा आफ्नी हजुरआमालाई गोली हानेको सिएनएनले लेखेको छ।

एक दशकअघि कनेक्टिकटमा स्कुलमा गोली हानी २० जना बालबालिका र ६ जना वयस्कहरुको ज्यान गएपछिको यो सबैभन्दा भयानक घटना भएको सञ्चारमाध्यमहरुले लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर