९ कार्तिक २०८३, आइतबार

मन्त्री बडूले बोलेका आपत्तिजनक शब्द नहटाएसम्म संसद चल्न नदिने चेताव : एमाले

  • १३ जेठ २०७९, शुक्रबार
Image

लोक कलम सम्वाददाता,

 काठमाडौँ, १३ जेठ । 

प्रतिनिधिसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार संसदमा बोल्दै नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भनाई आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा रहेको बताएपछि एमालेका सांसदहरुले नियमापत्ति जनाएका छन् ।  मन्त्री बडू बोल्दै गर्दा एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै मन्त्री बडूका अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका थिए ।

त्यसपछि एमालेका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिएका थिए । भट्टराईले पनि मन्त्री बडूले बोलेको शव्दहरु रेकर्डबाट हटाउन र आयल निगमको घाटाबारे छानविन समिति बनाउनुपर्ने बताए ।

त्यसपछि पुनः अधिकारीले मूल्य समायोजनका लागि छानविन समिति गर्न माग गर्दै मन्त्री बडूले बोलेका आपत्तिजनक शब्द नहटाएसम्म संसद चल्न नदिने चेतावनी दिए । त्यसपछि सभामुख सापकोटाले रेकर्ड हेरेर आवश्यक प्रक्रिया पुरा गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर