काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइरहेका छन् । आगामी आर्थिक वर्षको लागि सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम माथिको छलफल सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले जवाफ दिन थालेका हुन् ।
प्रतिनिधिसभाको शनिबार बसेको दोस्रो बैठकमा अहिले देउवाले जवाफ दिइरहेका छन् । यसअघि शनिबार बसेको पहिलो बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले बोल्ने कार्यक्रम सकिएको थियो। प्रधानमन्त्री देउवाको सम्बोधन पछि सांसदहरुले प्रधानमन्त्रीलाई संसदमा प्रश्न सोध्न पाउनेछन् । उक्त प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएपछि अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले बताएको छ।
आजै प्रतिनिधिसभाले नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम रहेको छ। राष्ट्रियसभाले भने शुक्रबारै पारित गरिसकेको छ। नीति तथा कार्यक्रम पारित भएपछि आजै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्नेछन्। आइतबार आगामी आर्थिक वर्षको बजेट आउँदैछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation