काठमाडौं- सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। शनिबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकबाट सरकारका नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। नीति तथा कार्यक्रममाथि बिहीबार, शुक्रबार र शनिबार छलफल भएको थियो।
त्यसक्रममा सांसद्हरुले उठाएका प्रश्नहरूको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारकै दोस्रो बैठकमा जवाफ दिएका थिए। त्यसपछि सांसद्हरुले सोधेको स्पष्टीकरणको पनि जवाफ दिएका थिए। शनिबार नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेका संशोधन प्रस्ताव पनि निर्णयार्थ पेश भएको थियो। तर कुनै पनि संशोधन प्रस्ताव पारित हुन सकेका थिएनन्।
त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश भएको थियो। राष्ट्रिय सभाबाट शुक्रबार नै नीति तथा कार्यक्रम पारित भइसकेको थियो। आइतबार आगामी आर्थिक वर्षको बजेट आउँदैछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation