काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका वसन्त बस्नेतले स्पष्ट अग्रता बनाएका छन्। मतगणनाको पछिल्लो परिणाम अनुसार बस्नेतले १३२६३ मत पाएका छन्। उनलाई नेकपा एमालेका भागवत राउले ११२३२ मतसहित पछ्याइरहेका छन्।
यस्तै एकीकृत समाजवादीका बलदेब चौधरीले ८८९९ मत पाएका छन्।
अब मत गणना चलिरहेकाे वडा नं. १० र ११ काे गणना सकिएसँगै त्रिगुगाकाे गणना सम्पन्न हुनेछ निर्वाचन कार्यालयले जानकारी दिएको छ।
यस्तै उपप्रमुखमा भने एमालेकी महेश्वरी राईले अग्रता लिएकी छन्। उनले काङ्ग्रेसलाई पछि पार्दै अग्रता झन-झन फराकिलाे पारेकी छन्। राईले नेपाली कांग्रेसकी सरिता राईलाई १४२५ मतले पछि पारेकी छन्।
महेश्वरीले १२८७६ मत पाउँदा सरिताले ११४५१ मत पाएकी छन्। यस्तै माओवादी केन्द्रकी गीता खड्का कार्कीले ६४२५ मत पाएकी छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation