९ कार्तिक २०८३, आइतबार

महिला क्रिकेट : टी–ट्वान्टी विश्वकप एसिया छनोटमा पर्न असफल

  • २४ जेठ २०७९, मङ्गलबार
Image

लोक कलम सम्वाददाता, 

काठमाडौँ, २४ जेठ ।  

 मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्यान्डसँग ४९ रनले पराजित भएसँगै नेपाल विश्वकपमा छनोट हुन असफल भएको छ । 

नेपालले चार मध्ये २ खेलमा जित तथा २ खेलमा पराजित भएपछि नेपाल एक खेल अगावै विश्वकपमा छनोट नहुने सुनिश्चित भएको हो । नेपालले अन्तिम खेल मलेसियासँग खेल्नेछ ।

यता जारी प्रतियोगिता अन्तर्गत समान चार–चार खेल खेलेका युएई र थाइल्यान्ड मध्ये एक टिम विश्वकपमा स्थान बनाउने निश्चित भएको छ ।

चौथों खेलमा थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ५ बलमा अलआउट हुँदै मात्र ४० रनमा सिमित भयो । नेपालका लागि साना प्रविणले ६, अनु कडायतले ५, अन्जली विश्वकर्माले ३, कृतिका मरासिनीले ३ तथा श्रृष्टी जैसीले ७ रन जोडिन् । थाइल्यान्डका लागि नन्थिता बुनसुखमले सर्वाधिक ३ विकेट हात पारिन् ।

यसअघि मलेसियाको युकेएम–वाईएसडी क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन जोड्यो ।थाइल्यान्डका लागि थिपाचा पुथाओङले सर्वाधिक २० रनको योगदान गरिन् । बान्थिडा लिफाथनाले १९ रन बनाइन् । सुवानन खियाटोले १६ रन जोडिन् ।

नेपालका लागि कृतिका मरासिनी र मनिषा कुमारी उपाध्यायले २–२ विकेट हात पारे । स्नेहा महराले १ विकेट लिइन् ।


प्रतिक्रिया

सम्बन्धित खवर