९ कार्तिक २०८३, आइतबार

अफगानिस्तानमा भूकम्प जाँदा ९२० जनाको मृत्यु

  • ८ असार २०७९, बुधबार
Image

काबुल- अफगानिस्तानमा भूकम्प जाँदा ९२० जनाको मृत्यु भएको छ भने ६०० भन्दा बढी घाइते भएका छन्। तालिबानको विपद् व्यवस्था कार्यालयलाई उदृत गर्दै उद्धारकर्ताहरुले उद्धार कार्यलाई तीव्रता दिएको अलजजिराले जनाएको छ। 

संयुक्त राज्य अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार बुधबार ६.१ म्याग्‍निच्युडको भूकम्प गएको छ। खोस्ट सहरबाट ४६ किलोमिटरको दूरीमा केन्द्रमा भूकम्प गएको जनाइएको छ। 

भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र उद्धार टोली पुगेका छन्। भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ। 

भूकम्पका कारण  यस क्षेत्रका दर्जनौँ घरमा क्षति पुर्‍याएको छ भने पाक्टिका प्रान्तमा पहिरोसमेत गएको स्थानीय स्रोतले जनाएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर