पोखरा- पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ। महानगरले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो।
महानगरको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवाद झिकेपछि बजेट भाषणको कार्यक्रम २ घन्टा रोकिएको थियो। एमाले सहमतिमा आएपछि उपमेयर मञ्जुदेवी गुरुङले आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन्। चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो।
बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ।
यसो गर्दा २ अर्ब ४० करोड ८१ लाख ८३ हजार कम हुने देखिन्छ। न्यून बजेट चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट ब्यहोर्ने उपमेयर गुरुङले बताइन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation