९ कार्तिक २०८३, आइतबार

माधव नेपाल भन्छन्- पाँच दलीय गठबन्धन अझै आवश्यक छ

  • ११ असार २०७९, शनिबार
Image

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र र सत्तामा पुगेपछि पनि व्यक्तिले निजी स्वार्थ देखिनु नहुने बताएका छन्। केन्द्रीय कमिटिको बैठकपछि आयोजित कार्यक्रममा उनले व्यक्तिवाद हाबी भयो भने वा अहंकार बढ्यो भने नेकपा एमालेको नेतृत्वको हालत जस्तो हुने बताए।

उनले भने, ‘व्यक्तिवादकै कारण पार्टीभित्र कुनै पनि विषयमा छलफल भएन। कुरा समाजवादको गर्ने व्यवहार व्यक्तिवाद भएकै कारण पार्टीको कुनै पनि तहमा कुनै पनि विषयमाथि छलफल भएन। जनताका पीर, मर्का र समस्यालाई नेकपा एमालेले केन्द्रमा राखेन। त्यही कारण अहिले सरकार बाहिर रहनु परेको छ।’

अहिले देशमा भइरहेको भ्रष्टाचार वृद्धि र महंगीको विरोधमा नेकपा एकीकृत समाजवादी जनताको साथमा रहेको उनले बताए। हाम्रै विरोधका कारण प्रधानमन्त्रीले सत्ता साझेदार दलबीच बैठक बोलाउनु भयो र हाम्रै अडानका कारण करको दर घटाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटेको छ।

कार्यक्रममा उनले पाँच दलीय गठबन्धन र विद्रोहको आवश्यकता बारे अब प्रश्न नउठ्ने पनि बताए। नेपालले गठबन्धनप्रति गुनासो भएपनि त्यसको आवश्यकता अझै भएको उल्लेख गरे। उनले कथित १० भाईले अझै पनि हामीलाई धारेहात लगाइ रहेका छन्। उनीहरूको त्यो पार्टीमा कुनै हैसियत नभएको बताए। एउटा दासको जस्तो मात्रै रहेको बताए। त्यस्ता व्यक्ति अझै पनि हाम्रो बारेमा टिप्पणी गरिरहेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर