काठमाडौँ- संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आइतबार बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ। आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ।
आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्र िगोबिन्दा शर्मा, युवा तथा खेलकुद मन्त्री महेशराज गहतराज, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, वन तथा वातावरणमन्त्री महेन्द्र राय यादव, सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जवाफ दिने भएका छन्।
त्यसैगरी आइतबार नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी तथा समय पुगेको अवस्थामा कृषि, शिक्षा, उद्योग मन्त्रालयले पनि जवाफ दिने कार्यसूची तय गरिएको छ।
बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ। राष्ट्रिय सभामा छलफलकै क्रममा छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation