८ कार्तिक २०८३, शनिबार

सेयर बजारमा दुई अर्बको कारोबार, नेप्से परिसूचक ९४ अंकले बढ्यो

  • १२ असार २०७९, आइतबार
Image

काठमाडौं- साताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा उछाल आएको छ। लगानीकर्ताहरूको १९ बुँदे माग पूरा गर्ने सम्बोधन भएसँगै आइतबार पुँजी बजारमा सुधार आएको हो।

नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ। सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँको कारोबार भएको छ। सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक कुमारी बैंकको शेयर खरिद बिक्री भएको छ।

बैंकको एकैदिन ८ करोड ६४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो। त्यस्तै, हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख, ङादी ग्रुप पावरको ८ करोड ३३ लाख, नबिल बैंकको ६ करोड ७६ लाख र शिवम् सिमेन्ट्सको ५ करोड ४१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर