काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका छन्। आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै गृहमन्त्री खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका हुन् ।
गृहमन्त्री खाणले भने -'सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर विधेयक ल्याएको हो। प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन। काठमाडौं उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंको सुरक्षाका लागि ल्याइएको हो। '
उनले विधेयकमा सरकारले प्रदेश प्रहरीको अधिकार कटौती गरेर संघीय प्रहरीलाई दिने कुनै मनसुवा नराखेको दाबी गरे।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation