८ कार्तिक २०८३, शनिबार

नेपालमा बढ्दै कोरोना, २४ घण्टामा थपिए १७७ संक्रमित

  • २८ असार २०७९, मङ्गलबार
Image

काठमाडौं- पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १७७ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ नमूना परीक्षण गरिएकोमा १७७ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ। पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन।

हालसम्मको मृत्यु संख्या ११ हजार ९५२ छ। मन्त्रालयका अनुसार थप ४१ जना संक्रमणमुक्त भएका छन्। आज ६४ हजार ९०७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर