काठमाडौं- सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन।
फाउन्डेसन फर पब्लिक अर्वानेश एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा गरेको एक कार्यक्रममा शनिबार बोल्दै दाहालले कूटनीतिक संवादमार्फत दुई मुलुकबीचका समस्या समाधान गरेर जान पनि बताए। उनले त्यही क्रममा उक्त सन्धिको पुनरावलोकनमा ढिलाइ गर्न नहुने पनि बताएका छन्।
नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझै प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढ्नुपर्ने दाहालले बताए। अध्यक्ष दाहालले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्दै अघि बढन सकिने बताए।
उनले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरे। नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको पनि उनले स्पष्ट पारे।
भारतीय जनता पार्टीको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत भ्रमणमा गएका हुन्। यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation