९ कार्तिक २०८३, आइतबार

सेवा सुविधाबाट रकम कट्ने डरले वडाध्यक्षले फिर्ता गरे सरकारी मोटरसाइकल

  • २ साउन २०७९, सोमबार
Image

तनहुँ - तनहुँको व्यास नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष हिमाल श्रेष्ठले नगरपालिकाबाट लिएको सरकारी मोटरसाइकल फिर्ता गरेका छन् ।

वडा कार्यालयको कामकाजका लागि भनी व्यास नगर पालिकाबाट लिएको ग १ ब ८१६ नम्बरको मोटरसाइकल उनले कार्यालयमा बुझाएका हुन् ।

वडाध्यक्ष श्रेष्ठले सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलको रोहबरमा नगरपालिकालाई बुझाएका थिए । उनले भने, ‘मोटरसाइकल लिएमा सेवा सुविधाबाट रकम कट्ने देखियो । आफ्नो बाइक छँदैछ भनेर सरकारी बाइक फिर्ता गरिदिएँ ।’

प्रमुख प्रशासकीय अधिकृत सिग्देलले यसरी सेवा सुबिधा सबैले फिर्ता गर्दा नगरपालिकाको भार कम हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर