८ कार्तिक २०८३, शनिबार

३ घण्टासम्म बयान दिएका जनार्दन शर्मा समितिमा बयान दिएर हतारिदै बाहिरिँए

  • ५ साउन २०७९, बिहिबार
Image

काठमाडौं - संसदीय छानबिन विशेष समितिमा बिहीबार बयान दिएका निवर्तमान जनार्दन शर्माले आफूलो सोधेको प्रश्नको जवाफ दिएको बताएका छन्।

समितिमा बयान दिएर बाहिरिँदै गर्दा सञ्चारकर्मीकाे जिज्ञासामा शर्माले आफूले संसदीय छानबिन समितिलाई सोधेका प्रश्नको उत्तर दिएको प्रतिक्रिया दिएका हुन्।

‘मैले उहाँहरूले सोधेका प्रश्नका जवाफ दिएको छु’, उनले भने, ‘बाँकी उहाँहरू (संसदीय समिति) ले भन्नुहुन्छ।’ 

तत्कालीन अर्थमन्त्री शर्माले करका दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्न गराएको तथा सीसीटीभी फुटेज डिलिट गरेको भन्ने आरोपबारे संसदीय समितिले आज बिहान उनलाई बयानका लागि बोलाएको थियो। त्यस क्रममा उनले आफूले कुनै गलत काम नगरेको जिकिर गरेका छन्। 

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत असार २२ अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए। जसको छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरिएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर