८ कार्तिक २०८३, शनिबार

टिम जोगाउन एक कदम ब्याक भए सरोज

  • ६ साउन २०७९, शुक्रबार
Image

काठमाडौं- नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा टिम जोगाउनका लागि अध्यक्षका उम्मेदवार सरोज अधिकारी एक कदम पछि हटेका छन्। 

विगत लामो समयदेखि नवौं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका अधिकारीले महिलालाई अघि सारेर युनियनको गरिमा बढाउन र टिमलाई जोगाउनका लागि एक कदम पछि हटेका हुन्।

उनले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने भएका छन्। संस्थापन समूहबाट अधिकारीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। 

उनले आफूलाई मात्रै केन्द्रमा राख्ने नभएर सबै पत्रकारहरुलाई समेटेर लैजानपर्छ भन्ने हेतुले आफू एक कदम पछि हटेको जनाएका छन्। 

युनियनको नवौं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। बगमती प्रदेशको हेटौंडामा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं महाधिवेशनको उद्घाटन गर्ने भएका छन्। 

उद्घाटन समारोहका पार्टीका शीर्ष नेताहरु हेटौंडा पुगिसकेका छन्। प्रधानमन्त्री देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने शुक्रबार बिहान ८ बजे एकै हेलिकोप्टरमा आउने कार्यक्रम रहेको छ। 

शुक्रबार उद्घाटन हुने महाधिवेशनको बन्दसत्र पनि शुक्रबार बेलुका नै हुने आयोजक प्रेस युनियनले बताएको छ। आठौं केन्द्रीय समितिको अन्तिम बैठक बिहीबार बेलुका हेटौंडाको होटल एभोकाडोमा बसेको थियो। 

महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधिहरु हेटौंडा पुगिसकेका छन्। यस महाधिवेशनमा दुई समूह प्यानल नै बनाएर चुनावी मैदानमा होमिने भएका छन्।

एक समूहको नेतृत्व अनिता बिन्दुले र अर्को समूहको नेतृत्व शिव लम्सालले गर्ने भएका छन्। 


प्रतिक्रिया

सम्बन्धित खवर