८ कार्तिक २०८३, शनिबार

एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला

  • ८ साउन २०७९, आइतबार
Image

झापा - झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत फेला परेका छन्।

कचनकवल गाउँपालिका ५ मा आईतबार बिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन्।

स्थानीय जिङ खोला किनारमा ढल्केको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिए।

अध्यक्ष राजबंशीका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन। 

‘प्रहरी र सम्बन्धित वडाका जनप्रतिनिधिसहितको टोली घटनास्थलतर्फ गइरहेको छ। घटनास्थलको मुचुल्का उठाए पछि मात्र उनीहरूको पहिचानका बारेमा थाहा हुनेछ,’ अध्यक्ष राजबंशीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर