९ कार्तिक २०८३, आइतबार

भीरबाट लडेर दुई जनाको मृत्यु

  • ९ साउन २०७९, सोमबार
Image

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ।

चौतारा साङ्गाचोकगढी नगरपालिका सानुसिरुबारी घर भएकी ५५ वर्षीया गोमा धिताल र उनकी बहिनीको छोरा मेलम्ची नगरपालिका-११ बस्ने ५ वर्षीय विशेष चालिसेको भीरबाट लडेर खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ। 

मृतक महिला बालकको ठूलीआमा रहेको र उनीहरु इन्द्रावती गाउँपालिका–१० भोटसिपामा रहेको माइत जाँदै गर्दा भीरबाट खसेर खोलाले बगाएको उनीहरुसँगै रहेकी बालककी आमा पार्वती चालिसेले बताएकी छन्।

दुवै जनाको शव केही तल खोलामा भेटीएपछि परीक्षणका लागि मेलम्ची लगिएको इलाका प्रहरी कार्यालय नवलपुका प्रहरी निरीक्षक इन्द्रजीत इटनीले जानकारी दिए। घटना दिउँसो भएको हो। शव केही तल इन्द्रावती खोलामा भेटिएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर