९ कार्तिक २०८३, आइतबार

पोखराबाट उडेको यतिको विमान आकस्मिक अवतरण

  • १३ साउन २०७९, शुक्रबार
Image

काठमाडौं- शुक्रबार बिहान पोखराबाट ४५ यात्रु बोकेर काठमाडौंतर्फ उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरेको छ।

८:५४ मा उडेको जहाज ९ बजे पोखरा विमानस्थल फर्किएर आकस्मिक अवतरण गरेको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए। एटीआर ७२ जहाजको इन्जिनमा समस्या आएपछि विमान फर्काइएको हो। विमान सामान्य अवस्थामै अवतरण गरेको सुवेदीले बताए।

विमानमा समस्या हुँदा नजिकैको विमानस्थलमा त्यो जहाजलाई प्राथमिकतामा राखेर अवतरण गराइन्छ।


प्रतिक्रिया

सम्बन्धित खवर