८ कार्तिक २०८३, शनिबार

एक महिने गुँला पर्व सुरु

  • १३ साउन २०७९, शुक्रबार
Image

काठमाडौं - नेवाः समुदायले मनाउने गुँला पर्व आज (शुक्रबार) सुरु भएको छ। नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना अर्थात् नवौं महिना हो। 

काठमाडौं उपत्यकालगायत नेवाः समुदायको बाहुल्य भएका ठाउँमा मनाइने यो पर्व एक महिनासम्म चल्छ। 

नेवाः समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उल्लास अझ बढी आत्मिक अनि चिन्तनगत रूपमा रहेको पाइन्छ।

भगवान् बुद्ध र उनका अनुयायी ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई बर्खा अनि ज्ञानको एउटा संगम पनि मानिन्छ। 

गुँला पर्वका अवसरमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा छ।

आज काठमाडौं उपत्यकाका चोक/चौराहहरुमा विशेष गुँला संगीत सुन्न पाइन्छ। गुम्बा, मन्दिर अनि आत्मिक स्थलमा भक्तजनको आवागमन धेरै हुन्छ। 

यस पर्वको उपलक्ष्यमा आज काठमाडौं उपत्यकामा झाँकीहरू प्रस्तुत गरिन्छ। 

प्रतिक्रिया

सम्बन्धित खवर