९ कार्तिक २०८३, आइतबार

बाढीले बगाउँदा इरानमा २४ जनाको मृत्यु

  • १४ साउन २०७९, शनिबार
Image

तेहरान- इरानको राजधानी तेहरान नजिकै दुई दिनदेखि आएको बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अन्य १९ जना अझै बेपत्ता भएका छन्।

‘पश्चिममा इमामजादेह दाउद गाउँ र तेहरानको पूर्वमा फिरौजकौह, रौदेहेन र दामाभान्ड क्षेत्रहरूमा भारी वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको छ’ रेड क्रेसेन्टको विज्ञप्तिमा भनिएको छ।

बाढीमा हराइरहेका १९ जनाको खोजी भइरहेको जनाइएको छ। इरानको सामान्यतया सुख्खा दक्षिणी क्षेत्रमा आएको बाढीले २२ जनाको ज्यान गएको एक साताभन्दा कम समयपछि तेहरान नजिकैको अल्बोर्ज पहाडको फेदमा बाढी आएको हो। 

इरानले विगत दशकमा बारम्बार खडेरीका अतिरिक्त  मुसल धारे वर्षापछिको बाढी पनि सामना गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर