९ कार्तिक २०८३, आइतबार

काभ्रेस्थली घटना : अनुसन्धानका लागि फरेन्सिक टोली घटनास्थलमा

  • १६ साउन २०७९, सोमबार
Image

काठमाडौं- एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धानका लागि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोली पनि काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालमा पुगेको छ।

गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृत भेटिएका थिए।

घटनास्थलमा त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डा. गोपाल चौधरी र डा. आयुष उपाध्याय सहितको टोली खटिई अनुसन्धानमा सुरु भएको प्रहरीले जनाएको छ।

पाण्डेले पत्नी र दुई छोराछोरीको चक्कुले हानेर ज्यान लिएपछि आफू झुण्डिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी झुन्डिएकै कोठाबाट चार पेज लामो सुसाइड नोट भेटिएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर