९ कार्तिक २०८३, आइतबार

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

  • १६ साउन २०७९, सोमबार
Image

काठमाडौं- भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो।

अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्य सूचीअनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल/मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाइएको छ।

मूल्य घटेपछि पेट्रोलमा योभन्दा अघि रहेको घाटा अब भने नहुने देखिएको छ। तर डिजेल मट्टितेल र एलपी ग्यासमा भने घाटा नै रहेको नेपाल आयल निगमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर