९ कार्तिक २०८३, आइतबार

औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता गर्न माग

  • १७ साउन २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाल उद्योग परिसङ्घले औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरूको बढाइएको जग्गा भाडा तत्काल फिर्ता लिन आग्रह गरेको छ।

परिसङ्घका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको परिसंघ टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई भेट गरी औद्योगिक क्षेत्र व्यवस्थापनले बढाएको भाडा फिर्ता गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न आग्रह गरेको हो।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ५ मंसिर २०७५ को बैठकले सरोकारवालाहरूको असहमति हुँदाहुँदै १ साउन २०७५ देखि लागू हुने गरी  अधिकतम ६८७ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो।

उद्योगीहरूको असहमति तथा विरोधपछि सो निर्णय तत्काल कार्यान्वयन नगर्न र त्यस सम्बन्धमा विस्तृत अध्ययन गर्न तत्कालीन उद्योगमन्त्रीले निर्देशन दिएका थिए। तर गत २२ असारमा बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बैठकले १ साउन २०७५ देखिकै भाडा असुल गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर