९ कार्तिक २०८३, आइतबार

काठमाडौं-६ बाट स‍ञ्‍जय श्रेष्ठको उम्मेदवारी घोषणा

  • १९ साउन २०७९, बिहिबार
Image

काठमाडौं- सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेसँगै देशभरका विभिन्‍न क्षेत्रमा चुनाव लड्न उम्मेदवारी पनि घोषणा भइरहेको छ। काठमाडौं-६ बाट गायक सञ्‍जय श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन्। 

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं ६ मा चुनाव लड्ने घोषणा गरेका हुन्। यसअघि काठमाडौं-६ मा नेपाली कांग्रेसका भिमसेन दास प्रधानले चुनाव जितेका थिए। उनले वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई १५ सय मतले पराजित गरेका हुन्। 

यसपटक नयाँ अनुहारको रुपमा सञ्‍जयले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। 

प्रतिक्रिया

सम्बन्धित खवर