९ कार्तिक २०८३, आइतबार

सीके राउत उपेन्द्र यादवको क्षेत्रबाट चुनाव लड्ने

  • २० साउन २०७९, शुक्रबार
Image

काठमाडौं- जनमत पार्टीका अध्यक्ष सीके राउत आगामी प्रतिनिधिसभामा सप्तरी क्षेत्र नम्बर २ बाट उठ्ने भएका छन्।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकमा अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट उठ्ने घोषणा गरेका हुन् । सप्तरी-२ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको क्षेत्रसमेत हो ।

सरकारले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मिति तोकेसँगै राउतले उम्मेदवारी दिने घोषणा गरेका हुन्। पार्टीका महासचिव चन्दनकुमार सिंहका अनुसार अध्यक्षबाट उम्मेदवारी घोषणा सुरु भएको हो।

उनले भने, 'हिजोको भर्चुअल बैठकमा अध्यक्षले उम्मेदवारी दिने घोषणा गर्नुभयो। बिस्तारै अरु नेताले पनि उम्मेदवारीको घोषणा गर्नुहुनेछ।' महासचिव सिंह भने लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको क्षेत्र महोत्तरी-३ बाट उठ्ने भएका छन्।

हिंसात्मक गतिविधिबाट शान्तिपूर्ण राजनीतिमा आएको जनमत पार्टीको आधार क्षेत्र सप्तरी मानिन्छ, जुन अध्यक्ष राउतको गृहजिल्लासमेत हो। गृहजिल्ला र गृहनगर पनि भएकाले सप्तरी-२ रोजिएको महासचिव सिंहले जानकारी दिए।

स्थानीय तहको निर्वाचनमा राउतको घर भएको महादेवा गाउँपालिकाको वडानम्बर-२ मा जनमत विजयी भएको थियो। उनको गृहपालिकामा भने लोकतान्त्रिक समाजावादी पार्टी विजयी भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर