काठमाडौं- बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ। तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक रमेश पाण्डेले जानकारी दिए।
“६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ। अनुसन्धानकै क्रममा भएकाले उजुरी परेकाहरूको नाम भन्न मिल्दैन,” पाण्डेले भने। काठमाडौं महानगरले स्थानीय केही समूहले गाडी र डोजरमा तोडफोड गरेको आरोप लगाएको छ।
गत साउन २३ गते सोमबार १५ वटा फोहोर बोकेका गाडी र तीनवटा महानगरका डोजरमा अज्ञात समूहले तोडफोड गरेको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation