८ कार्तिक २०८३, शनिबार

नागरिकता विधेयकमा सबै दल एक हुनुपर्छ : झलनाथ खनाल

  • ३० साउन २०७९, सोमबार
Image

इलाम- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताएका छन् ।

इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद्‌मा  बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न नहुने बताएका हुन् । राष्ट्रिय मुद्दा सबै दलको साझा धारणा हुनुपर्ने उनको भनाइ छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यो प्रमाणीकरण नगरेकोमा आफ्नो यस विषयमा अध्ययन नभएको भन्दै उनले अध्ययन गरेर मात्र धारणा बनाउने बताए।

नागरिकताको सवाल भनेको नेपालको राष्ट्रिय सहमतिको सवाल हो भन्दै उनले अन्य विधेयक जस्तो नभएकाले यसलाई सामान्यरूपमा लिन नहुने बताए।

उनले राष्ट्रिय सहमतिबिना विभिन्न ढङ्गबाट विधेयक पास गराउने काम नगर्न राजनीतिक दलहरूलाई सुझावसमेत दिए । 

जनसाङ्ख्यिक अतिक्रमणबाट हामी जोगिनुपर्ने भन्दै उनले एक÷दुई वटा दलले मात्र सिङ्गो देशलाई समेट्ने कुरामा लाग्न नहुनेमा जोड दिए। फरक प्रसङ्गमा उनले आफू सङ्घीय निर्वाचनमा इलामको निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने जानकारी दिए।

अहिले बाम गठबन्धनको सम्भावना नभएको र शीर्ष नेताले बाम गठबन्धन नचाहेको उनको भनाइ थियो। नेता खनालले यसअघि स्थानीय चुनावमा पनि देशमा पाँच दलीय गठबन्धन भएको र अब पनि सोही गठबन्धनले निरन्तरता पाउने बताए।

साना दलसँग छलफल भइरहेको भन्दै नेता खनालले सबैलाई समेट्ने गरी अघि बढ्ने पनि धारणा राखे। 

प्रतिक्रिया

सम्बन्धित खवर