काठमाडौं- आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् ।
मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
'राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो। त्यसको स्वागत गर्छौ। उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरेका छौं,' महराले भने ।
भट्टराई र गौतमले केही सर्त राखेको र त्यसबारे छलफल गर्न बाँकी रहेको महराले बताए। उनले दुवै जनाको उम्मेदवारीबारेमा सत्तारुढ गठबन्धनमा पनि छलफल हुने र टुंगो लाग्ने जानकारी दिए। माओवादी स्थायी समितिको बैठक बुधबार बिहान फेरि बस्ने भएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation