८ कार्तिक २०८३, शनिबार

बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न आयोगको निर्देशन

  • ४ भदौ २०७९, शनिबार
Image

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ।

योजना र बजेटमा नतोकिएको नयाँ कार्यक्रम सञ्चालन गर्दा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्न सक्ने देखिएकाले आयोगले त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न तीनै तहलाई निर्देशन दिएको हो।

विपद् व्यवस्थापनसम्बन्धी कार्य, मानवीय सहायता प्रदान र स्वास्थ्य महामारी रोकथाम गर्न आवश्यक कार्य बाहेक कुनै पनि प्रकारका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न तीनै तहलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यस्तै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पदावधि पनि सकिनै लागेका बेलामा विभिन्न प्रदेशहरुमा यस्ता प्रदेश सभाबाटै निर्वाचन घोषणा भइसकेपछि बजेट छुट्याएर कार्यान्वयनमा लैजान थालेको भन्ने गुनासो आएकाले यस्तो निर्देशन दिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। 

प्रतिक्रिया

सम्बन्धित खवर