काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।
फिफाले पत्र लेखेर भारतको फुटबल संघलाई आगामी अक्टोबरमा हुने १७ वर्ष मुनिको महिला विश्वकपका लागि प्रतिबन्ध फुकुवा गरेको जनाएको छ।
एआईएफएफ प्रशासनले एआईएफएफको दैनिक कामकाजको पूर्ण नियन्त्रण फिर्ता लिएको पुष्टि भएसँगै यो निर्णय गरिएको हो।
प्रतिबन्ध फुकुवासँगै आउँदो अक्टोबर ११ देखि ३० सम्म यू-१७ महिला विश्वकप भारतमै हुनेछ। त्यस्तै भारतले अब नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पनि भाग लिन पाउनेछ।
फिफाले अगष्ट १५ मा एआईएफएफमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो। भारतले गत मंगलबार फिफाले राखेका मागलाई स्वीकार गरेको ब्यहोरासहित प्रतिबन्ध फुकुवाका लागि पत्र लेखेको थियो।
यो सँगै फिफा र एएफसीले परिस्थितिको अनुगमन गर्न जारी राख्ने र एआईएफएफलाई समयमै चुनाव गराउन सहयोग गर्नेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation