९ कार्तिक २०८३, आइतबार

नयाँ दिल्लीमा पनि भत्काइए अवैधरुपमा बनाइएका ट्विन टावर

  • १२ भदौ २०७९, आइतबार
Image

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा पनि अवैधरुपमा बनाइएका ट्विन टावर भत्काउन सुरु गरिएको छ।  भवन निर्माण आचारसंहिता विपरीत बनेका दुई वटा ४० तले टावर आइतबार भत्काउन लागिएको हो। 

करिब तीन किलो ७०० ग्रामको बम विष्फोट गराएर टावर भत्काउन लागिएको हो। यसअघि  नै त्यहाँका बासिन्दाहरुलाई खाली गर्न सूचना दिइएको थियो। दिल्लीको कुतुब मिनारभन्दा पनि अग्ला उक्त टावरहरुमा करिब पाँच हजार मानिसहरुको बसोबास रहेको अनुमान गरिएको थियो। 

उक्त भवन भत्काउने क्रममा सडक अवरुद्ध हुने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न पनि आह्वान गरिएको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर