९ कार्तिक २०८३, आइतबार

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

  • २३ भदौ २०७९, बिहिबार
Image

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले नेपाल प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो।

बिहीबार अपरान्ह जिल्ला अदालतले अनुमति दिएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

लामिछोनेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएपछि अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो।

१७ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोग लागेका लामिछानेविरुद्ध भदौ २१ गते प्रहरी वृत गौशालामा उजुरी परेको थियो । हाल क्यारेबियन लिग क्रिकेटका लागि उनी वेस्टइण्डिजमा रहेका छन्। 


प्रतिक्रिया

सम्बन्धित खवर