९ कार्तिक २०८३, आइतबार

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

  • २३ भदौ २०७९, बिहिबार
Image

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ। बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई क्रिकेट टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बिहीबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै कप्तान लामिछानेविरुद्ध जबर्जस्ती करणी कसुरको गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीमा उजुरी परेको जनाउँदै संघको कार्य सम्पादन समितिको निर्णय अनुसार राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको जनाएका छन्।

लामिछानेविरुद्ध महानगरीय प्रहरी काठमाडौंको गौशाला वृत्तमा एक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी दायर भएपछि काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न पूर्जी जारी भइसकेको छ।

 


प्रतिक्रिया

सम्बन्धित खवर